Section 13
सहमति बेगर बेचबिखन गर्न नहुने
कुनै आवास इकाई धनीले आफनो आवास इकाई कसैलाई बेचबिखन गर्दा संस्थापक वा समितिले त्यस्तो आवास इकाई धनीले संस्थापक वा समितिलाई तिर्न बुझाउन पर्ने कुनै पनि किसिमको रकम, दस्तुर, शुल्क, फी आदि बाँकी नरहेको व्यहोरा उल्लेख गरी लिखित रुपमा सहमति नदिएसम्म प्रचलित कानून बमोजिम रजिष्ट्रेशन गर्ने निकायले सो आवास इकाईको बेचबिखनको लिखत रजिष्ट्रेशन पास गरी दिनु हुँदैन ।